भूगोल नाघेर पत्रकारिता (प्रविधि वार्ता)

उदय जीएम

१. तपाईंले सामाजिक सञ्जाललाई कसरी प्रयोग गरिरहनु भएको छ ?
उत्तर:  सामाजिक सञ्जाल विशेषतः सम्बन्ध विस्तारको गतिलो माध्यम हो । म सुखका क्षणहरुमा साथीहरुलाई खुशी बाँड्छु अनि दुःखका क्षणहरुमा पीडा पोख्छु । दैनिन्दिन आउने साना–ठूला घटनाक्रमहरुबारे प्रतिक्रिया दिन्छु । आफूसम्बद्ध केही जानकारीहरु दिन्छु, शव्द र तस्वीरहरुको माध्यमबाट । कहिलेकाहीँ म दाङ, रोल्पा, रुकुम, काठमाडौं, इलाम, अमेरिका, युके, अष्ट्रेलियादेखि मेरो घर वरिपरिका साथीहरुसँग एकसाथ कुरा गरिरहेको हुन्छु । सबै ठाउँका गतिविधिहरुको पनि जानकारी भइरहेको हुन्छ । विदेशबाट घर फर्केका साथीहरु भन्नुहुन्छ, “तपाईंको फेसबुक वाल हेर्ने हो भने करीव करीव धेरै कुराको जानकारी हुन्छ ।” त्यसबाहेक गीत, सङ्गीत, कला, पत्रकारिता, राजनीति, समाजसेवा, साहित्य, चलचित्र, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रका हस्तीहरु र सर्वसाधारणसँग यसले सिधै सम्बन्ध जोडिदिन्छ । यदि सामाजिक सञ्जाल नहुँदो हो त त्यस्ता व्यक्तित्वहरुसँग हाम्रो सहज पहुँच हुने थिएन । सम्बन्धलाई दिगो बनाइराख्ने र सम्बन्धको कति सदुपयोग गर्ने भन्ने कुरा आफूमा निर्भर रहने कुरा हो । त्यसबाहेक प्रचार र भावनाहरु पोख्ने त छँदैछ । आजभोलि त झन भ्वाइस सेवाले सिधै कुरा गर्न मिल्ने भएपछि झन के चाहियो र ? Continue reading

Share it now!

सलाम जङ्कोट !

उभिएँ जङ्कोट डाँडाको टुप्पामा । एकाएक हिन्दी चलचित्र ‘बागवान’का दृश्यहरु मानसपटलमा नाचिरहे, दोहोरिइरहे । स्मृतिपटमा ‘बागवान’ ओझेल पर्दा कहिलेकाहीं आइपुग्थे मैले देखेका बृद्धाश्रमका चाउरिएका र सर्लक्कै उदासी पोतिएका अनुहार । Continue reading

Share it now!

त्रिपक्षीय सहमतिपछि घोराही–तुलसीपुर सडक खुला

उदय जीएम

दाङ: नारायणपुर– ७ झारबैरामा शनिबार बेलुकीदेखि गरिएको चक्काजामले अवरुद्ध घोराही–तुलसीपुर सडकखण्डको यातायात सेवा आइतबार दिउँसोदेखि सुचारु भएको छ। मृतक परिवार, ट्रिपर व्यवसायी र प्रहरीप्रशासनबीच भएको सहमतिपछि यातायात सेवा सुचारु भएको हो। Continue reading

Share it now!

Obstructed Ghorahi-Tulsipur road section resumes

UDAY GM

DANG: Vehicular movement along the Ghorahi-Tulsipur road section of Dang district, which was obstructed following a fatal accident on Saturday evening, has resumed after the victims’ families struck an agreement with owners of the vehicle which had hit a moving motorcycle, claiming two lives. Continue reading

Share it now!