
दाङको सदरमुकाम घोराहीमा अत्याधुनिक डिजिटल प्रविधिसहितको सुविधायुक्त फिल्महल सुरु भएको छ । गणेश चित्रालयका सञ्चालक धु्रवराज श्रेष्ठले नै सञ्चालनमा ल्याउनु भएको यो फिल्महलको नाम “स्वर्गद्वारी चलचित्र मन्दिर” रहेको छ । करीव २ करोडको लागतमा निर्माण भएको यो चलचित्र मन्दिरमा २ सय ९८ वटा सिट रहेका छन् । यो चलचित्र मन्दिरको उद्घाटन भर्खरै रिलिज भएको “क्रिस ३”बाट भएको छ । आज आइतवार दाङका पत्रकार साथीहरुको टोली गएर “क्रिस ३” हेरियो ।
धेरै समयको प्रतिक्षा पछि राप्ती अंचलमै एक मात्र यस किसिमको सुविधा सम्पन्न चलचित्र हल संचालनमा आउनु हामी सवै राप्तीअंचल वासीहरु, खास गरी घोराही वासीहरु, का लागि एकदमै खुशीको कुरा हो । यसका लागि म यस हलका प्रोप्राइटर श्री धु्रवराज श्रेष्ठलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । त्यस हलमा वातानुकुलित प्रणालीको सुविधा नरहेको साथीहरुवाट जानकारी प्राप्त भयो । मलाइ लाग्दछ, समयको माग अनुसार त्यस किसिमको सुविधा हुनुपर्ने जरुरी हो । त्यस किसिमको सुविधा दिएवापत प्रवेश शुल्कमा आवश्यकतानुसार केही वृद्धि गरिदिएको भएपनि आपत्ती हुने थिएन कि……