त्रिपक्षीय सहमतिपछि घोराही–तुलसीपुर सडक खुला

उदय जीएम

दाङ: नारायणपुर– ७ झारबैरामा शनिबार बेलुकीदेखि गरिएको चक्काजामले अवरुद्ध घोराही–तुलसीपुर सडकखण्डको यातायात सेवा आइतबार दिउँसोदेखि सुचारु भएको छ। मृतक परिवार, ट्रिपर व्यवसायी र प्रहरीप्रशासनबीच भएको सहमतिपछि यातायात सेवा सुचारु भएको हो।

पहिलो चरणमा प्रत्येक मृतक परिवारलाई बिमा रकमबाट २५/२५ हजार तत्काल उपलव्ध गराउने र बाँकी ४ लाख ७५ हजार दुवै परिवारलाई एक साताभित्र उपलव्ध गराउने सहमति भएको छ।

त्यस्तै सोनापुर सिमेण्ट उद्योगले मृतकका बालबालिकाको शिक्षण खर्चवापत २ लाख ५० हजार रुपैयाँ दुवै परिवारलाई १५ दिनभित्र उपलव्ध गराउने सहमति भएपछि चक्काजाम खुलेको हो।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ क १३८ नम्बरको ट्रिपरले नारायणपुर– ७ झारबैरा चोकमा रा १ प ५३९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको घटनास्थलमै मृत्युको थियो। मृत्युपछि आक्रोशित स्थाद्दीयले चक्काजाम गरेका थिए।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ट्रिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक नारायणपुर– ३ धैरेनीका ३८ वर्षीय भीमबहादुर भण्डारी र रोल्पाको डुब्रिङ– ९ खाराका ४६ वर्षीय शेरबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो।

ट्रिपर र चालकलाई शनिबार बेलुकी नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध हुँदा सल्यान, रुकुम र तुलसीपुरबाट चल्ने लामो दूरी तथा छोटो दूरीका यातायात सेवा ठप्प थिए।

अपडेट…१

दाङ : दाङको नारायणपुर– ७ झारबैरामा शनिबार बेलुकादेखिको चक्काजामका कारण घोराही–तुलसीपुर सडकखण्डमा यातायात सेवा ठप्प छ। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ क १३८ नम्बरको ट्रिप्परले नारायणपुर– ७ झारबैरा चोकमा रा १ प ५३९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थमै मृत्यु भएपछि स्थानीयले चक्काजाम गरेका हुन्।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ट्रिप्परले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक नारायणपुर– ३ धैरेनीका ३८ बर्षीय भीमबहादुर भण्डारी र रोल्पाको डुब्रिङ– ९ खाराका ४६ वर्षीय शेरबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो।

ट्रिप्पर चालकलाई कडा कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले चक्काजाम थालेका हुन् ।

समस्या समाधानका लागि दुबै पक्षबीच वार्ता भैरहेको घोराही नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

http://www.annapurnapost.com/en/news/social/1510/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A4%B9%E0%A4%AE%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%98%E0%A5%8B%E0%A4%B0%E0%A4%BE%E0%A4%B9%E0%A5%80%E2%80%93%E0%A4%A4%E0%A5%81%E0%A4%B2%E0%A4%B8%E0%A5%80%E0%A4%AA%E0%A5%81%E0%A4%B0-%E0%A4%B8%E0%A4%A1%E0%A4%95-%E0%A4%96%E0%A5%81%E0%A4%B2%E0%A4%BE.htm

Leave a Reply

Your email address will not be published. Required fields are marked *


+ 2 = four

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>