Category Archives: Interview

भूगोल नाघेर पत्रकारिता (प्रविधि वार्ता)

उदय जीएम

१. तपाईंले सामाजिक सञ्जाललाई कसरी प्रयोग गरिरहनु भएको छ ?
उत्तर:  सामाजिक सञ्जाल विशेषतः सम्बन्ध विस्तारको गतिलो माध्यम हो । म सुखका क्षणहरुमा साथीहरुलाई खुशी बाँड्छु अनि दुःखका क्षणहरुमा पीडा पोख्छु । दैनिन्दिन आउने साना–ठूला घटनाक्रमहरुबारे प्रतिक्रिया दिन्छु । आफूसम्बद्ध केही जानकारीहरु दिन्छु, शव्द र तस्वीरहरुको माध्यमबाट । कहिलेकाहीँ म दाङ, रोल्पा, रुकुम, काठमाडौं, इलाम, अमेरिका, युके, अष्ट्रेलियादेखि मेरो घर वरिपरिका साथीहरुसँग एकसाथ कुरा गरिरहेको हुन्छु । सबै ठाउँका गतिविधिहरुको पनि जानकारी भइरहेको हुन्छ । विदेशबाट घर फर्केका साथीहरु भन्नुहुन्छ, “तपाईंको फेसबुक वाल हेर्ने हो भने करीव करीव धेरै कुराको जानकारी हुन्छ ।” त्यसबाहेक गीत, सङ्गीत, कला, पत्रकारिता, राजनीति, समाजसेवा, साहित्य, चलचित्र, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रका हस्तीहरु र सर्वसाधारणसँग यसले सिधै सम्बन्ध जोडिदिन्छ । यदि सामाजिक सञ्जाल नहुँदो हो त त्यस्ता व्यक्तित्वहरुसँग हाम्रो सहज पहुँच हुने थिएन । सम्बन्धलाई दिगो बनाइराख्ने र सम्बन्धको कति सदुपयोग गर्ने भन्ने कुरा आफूमा निर्भर रहने कुरा हो । त्यसबाहेक प्रचार र भावनाहरु पोख्ने त छँदैछ । आजभोलि त झन भ्वाइस सेवाले सिधै कुरा गर्न मिल्ने भएपछि झन के चाहियो र ? Continue reading

बाहिरका ब्लगरहरु काठमाडौं गएका हुन्, काठमाडौं बाहिर ब्लगरहरु नभएको सत्य होइन-उदय जिएम

उदय जिएम राजधानी बाहिर अर्थात मध्यपश्चिमको दाङमा बसेर दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हुन् । पत्रकारितामा सक्रिय सहभागिताका अलावा उनी ब्लगमा समेत कहिले भावनात्मक रुपमा पोखिएका हुन्छन भने कहिले खरो टिप्पणीकर्ताका रुपमा देखिन्छन् । यस्तै उनी कहिलेकाँही सामाजिक संजालमा हुने बहसमा समेत उत्तिकै सक्रिय भएर लागिरहेका हुन्छन् । मेरो रिपोर्टको साताका ब्लगर स्तम्भमा यसपाली हामीले उदयसंग ब्लगिङकै सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी : Continue reading