Category Archives: My Opped

सलाम जङ्कोट !

उभिएँ जङ्कोट डाँडाको टुप्पामा । एकाएक हिन्दी चलचित्र ‘बागवान’का दृश्यहरु मानसपटलमा नाचिरहे, दोहोरिइरहे । स्मृतिपटमा ‘बागवान’ ओझेल पर्दा कहिलेकाहीं आइपुग्थे मैले देखेका बृद्धाश्रमका चाउरिएका र सर्लक्कै उदासी पोतिएका अनुहार । Continue reading

संसारभन्दा दश मिनेट अगाडि (संस्मरण)

माओवादी जनयुद्धको कहालीलाग्दो र त्रासद एक दशक । यो एक दशकमा भोग्नेले के के भोगे ? भनेर वा लेखेर साध्य छैन । कसैले लेखे होलान् आफ्ना पीडा, कसैकसैको भोगाई मृत्युसँगै विलीन भएर जानेछ । मेरो भोगाईको एउटा सानो अंश हो यो । यो संस्मरण लेखिएपछि विदेशबाट प्रकाशित हुने पत्रिका “नेपालीपत्र” तथा अन्य पत्रपत्रिकाहरुमा पनि प्रकाशित छ । मेरो नियति भावी पुस्ताले भोग्न नपरोस् भन्ने कामनासहित मेरा ब्लगका पाठकहरुका लागि–

केहीबेर अघि पश्चिममा सूर्य अस्ताइसकेका थिए । पूर्वी दिशाका पहाडहरुमा जब घाम उकालिन्थ्यो, तब अँध्यारोले छोप्न आइपुग्थ्यो– साथमा सन्त्रासको भारी बोकेर । त्यसपछि सन्त्रस्त मनहरु सिरकमुन्तिर गुडुलिन्थे सन्त्रास ओढेर । हाँस्न त परै जाओस्, रुनसमेत प्रतिबन्ध लागेको त्यो समयमा सदाझैं त्यस दिन पनि सन्त्रासको अँध्यारोले पूरै सहर निलिसकेको थियो– गम्लाङ्ग ।सन्त्रासको चढिरहेको त्यो जवानीसँगै एउटा गाडी शानसँग हुइँकिदै आयो र टक्क अडियो । Continue reading

बादलको घुम्टोमाथि

मिति : २०६० साल चैत २२ गते ।
स्थान : नेपालगञ्ज विमानस्थल ।
समय : बिहान १०÷११ बजेतिर ।

‘हाम्रा बा लाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे’– यस्तै भन्दै नाकको सिंगानलाई पाखुरा वा बाहुलाले पुछ्दै दगुरिन्थ्यो । फाटेको जाङे हल्लाउँदै, उस्तै परे सिंगानलाई सो¥याक्क तानेर नाकभित्रै तह लगाएर वा कुर्लुक्क निलेर पछिपछि दगुरिन्थ्यो । हामी केटाकेटीहरुलाई त्यतिविधि आकर्षित गर्ने जन्तु थियो– हवाईजहाज । हेलिकोप्टरको नाम ‘भटभटे’ र हवाईजहाजको नाम शायद त्यही नै थियो । त्यतिबेलाको समयमा ‘प्लेन’ भन्ने अंग्रेजी शव्द हाम्रो बालमस्तिष्कमा पसेकै थिएन होला । हावाको वेगसँगै हाम्रो भूगोलको क्षितिजभित्र प्रवेश गरेदेखि क्षितिज पार नगरेसम्म हवाईजहाजको आवाज र आकृति पछ्याउँदै त्यसैको पछिपछि दगुरिन्थ्यो यस्तै भन्दै । Continue reading