-
Latest Article @ 9 updates
- भूगोल नाघेर पत्रकारिता (प्रविधि वार्ता)
- सलाम जङ्कोट !
- त्रिपक्षीय सहमतिपछि घोराही–तुलसीपुर सडक खुला
- Obstructed Ghorahi-Tulsipur road section resumes
- दाङमा साहित्यिक पुरस्कारको नालीबेली
- Six bandh enforcers held in Dang
- दाङमा अत्याधुनिक सुविधायुक्त फिल्महल सञ्चालनमा
- निर्वाचनका लागि दाङ ३ का उम्मेदवार राजु खनालको प्रचार
- पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झासँग
- लेखक तथा निर्देशक घिमिरे युवराजसँग एकछिन
- जिन्दगीको कृष्णभीर (कविता)
Categories @ 9 subs
लेखक तथा निर्देशक घिमिरे युवराजसँग एकछिन

शिल्पी नाट्य समूहका निर्देशक तथा लेखक घिमिरे युवराजसँग म अनि पत्रकार डिल्ली मल्ल दाङको सदरमुकाम घोराहीमा । “के लग्यो हल्काले” नाटकको देशव्यापी प्रदर्शनको क्रममा युवराज दाङ आउनुभएको थियो ।
Share it now!
Posted in Mood
जिन्दगीको कृष्णभीर (कविता)
यस्तै हो जिन्दगी
सिसिफसको कथाजस्तै
अलिकति बनायो
फेरि खसिदिन्छ कृष्णभीर
एक सर्को पुछेर आँसु
संगालेर आँखाभरि सपना
अलिकति यताबाट
उताबाट अलिकति
तुन्यो अनि बुन्यो
जिन्दगीका सुन्दर–सुन्दर सपनाहरु
तर खसिदिन्छ फेरि कृष्णभीर Continue reading
Share it now!
Posted in News
संसारभन्दा दश मिनेट अगाडि (संस्मरण)
माओवादी जनयुद्धको कहालीलाग्दो र त्रासद एक दशक । यो एक दशकमा भोग्नेले के के भोगे ? भनेर वा लेखेर साध्य छैन । कसैले लेखे होलान् आफ्ना पीडा, कसैकसैको भोगाई मृत्युसँगै विलीन भएर जानेछ । मेरो भोगाईको एउटा सानो अंश हो यो । यो संस्मरण लेखिएपछि विदेशबाट प्रकाशित हुने पत्रिका “नेपालीपत्र” तथा अन्य पत्रपत्रिकाहरुमा पनि प्रकाशित छ । मेरो नियति भावी पुस्ताले भोग्न नपरोस् भन्ने कामनासहित मेरा ब्लगका पाठकहरुका लागि–
केहीबेर अघि पश्चिममा सूर्य अस्ताइसकेका थिए । पूर्वी दिशाका पहाडहरुमा जब घाम उकालिन्थ्यो, तब अँध्यारोले छोप्न आइपुग्थ्यो– साथमा सन्त्रासको भारी बोकेर । त्यसपछि सन्त्रस्त मनहरु सिरकमुन्तिर गुडुलिन्थे सन्त्रास ओढेर । हाँस्न त परै जाओस्, रुनसमेत प्रतिबन्ध लागेको त्यो समयमा सदाझैं त्यस दिन पनि सन्त्रासको अँध्यारोले पूरै सहर निलिसकेको थियो– गम्लाङ्ग ।सन्त्रासको चढिरहेको त्यो जवानीसँगै एउटा गाडी शानसँग हुइँकिदै आयो र टक्क अडियो । Continue reading
Share it now!
Posted in My Opped